नेकपाको प्रचण्ड–नेपाल समूहका दुवैजना अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल निर्वाचन आयोग पुगेका छन्।
आयोगले पुष २३ गते पठाएको पत्र र अगाडि बढाइएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दाहाल–नेपाल निर्वाचन आयोग गएका हुन्।
आयोगले पुस १७ गते पठाएको पत्रप्रति नै आपत्ति जनाएका दाहाल नेपाल खेमालाई फेरि २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउनमा भनेपछि भौतिक रुपमै आपत्ति जनाउन आयोग गएका हुन्।
उनीहरुले नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग भएकाले आधिकारिकता दिनुपर्ने माग राखेका छन्।
निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुवै अध्यक्षहरु निर्वाचन आयोग गएका हुन्।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ।