logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनाको मुख्यालयमा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना


अंकुरण खबर
1.521K
Shares

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरिएको छ ।

सोमबार पृथ्वी जयन्तीका अवसरमा भद्रकालीस्थित जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उदघाटन गरेका हुन् ।

केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्त्वपूर्ण जानकारी रहेको पनि सेनाले जनाएको छ । कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रव्यापी ’राष्ट्रिय कविता प्रतियोगिता पनि आयोजना गरेको थियो । प्रतियोगितावाट छनौट भएका उत्कृष्ट १० कविहरुलाई जङ्गी अड्डास्थित सभामण्डप हलमा वाचन गरी प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको छ ।