logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेटौँडामा टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक जना गम्भीर घाइते


अंकुरण खबर
637
Shares

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ क्याम्पडाँडामा सोमबार साँझ टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार एक जना भने गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-६ चौघडाका १८ वर्षीय आशिष शिवभक्ति रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

घाइते भएका सोही ठाँउका १८ वर्षकै निरज राईको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको छ।

कान्ति लोकपथमा हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३, ०३-००१ प ४०२० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर हिजो साँझ साढे ५ बजे आपसमा ठोक्किएका थिए।

मृतक मोटरसाइकल चालक हुन या पछाडि सवार व्यक्ति हुन भन्ने खुल्न बाँकी रहेको छ ।

टिपर चालकलाई भने जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।