logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विद्यार्थीलाई अश्लील म्यासेज पठाउने आरआरका प्राध्यापक पक्राउ


अंकुरण खबर
1.352K
Shares

छात्रालाई फेसबुकमार्फत यौन हिंसा गरेको आरोपमा एक प्राध्यापक पक्राउ परेका छन्।

काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई पक्राउ गरिएको जानकारी दिए।

‘फेसबुकमा छात्रालाई अश्लील म्यासेज पठाउने लगायत काम गरेको देखिएको छ। उजुरी परेपछि हामीले क्याम्पसबाट नै पक्राउ गरेका हौं,’ उनले भने।

प्रहरी परिसरको हिरासतमा राखेर ती प्राध्यापकलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए।