logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लाइसेन्स आवेदनमा कोटा सिस्टम हट्ने


अंकुरण खबर
1.456K
Shares

सवारी चालक अनुमती पत्र (लाइसेन्स)को अनलाईन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम हट्ने भएको छ ।

यसको लागि सर्वरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।

सेवाग्राहीबाट फारम भर्न कठिन भयो भन्ने गुनासो धेरै आएका कारण कोटा प्रणाली हटाउन लागिएको हमालले जानकारी दिए । हमालका अनुसार तयारी पूरा भएमा बिहीबारबाट र त्यसदिन सम्भव नभए आइतबारबाट कोटा प्रणाल हट्ने जानकारी दिए । यसरी फारम भर्दा एकैपटक धेरैले भरेपनि सिस्टमले वेटिङमा राखेर बायोम्याट्रिकको मिति तोक्ने छ ।

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गते देखि आवदेन खुला गरेको थियो ।

आवेदन खुला भएपनि कोटा सिस्टम फारम भर्नेको संङ्ख्या अधिक भएकोले सेवाग्राही फारम भर्नबाट बन्चित थिए ।

विभागले यातायात कार्यालयअनुसार निश्चित सङ्ख्यामा मात्रै सेवाग्राहीले भर्न पाउने व्यवस्था गर्दा समस्या आइरहेको छ ।

सर्भरमा पनि समस्या आइरहेको विभागले जनाएको छ। तोकिएको सङ्ख्या सकिएपछि सर्भरले काम नगर्ने र सेवाग्राहीले दुःख पाइरहेको गुनासो आएको विभागले जनाएको छ ।