logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहन्छ : प्रवक्ता श्रेष्ठ


अंकुरण खबर
1.43K
Shares

राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनर्स्थापना नभएसम्म सडक संघर्ष जारी रहने बताएका छन्।

पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको बृहद् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘अहिले हामी संघर्षमा छौं। यो संघर्षलाई हरहालतमा सफल बनाउनुपर्छ।’

प्रवक्ता श्रेष्ठले असंवैधानिक कदमलाई असफल बनाएर प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्मसंघर्ष जारी रहने बताए। संयुक्त संघर्षका लागि अन्य राजनीतिक दलसँग पनि छलफल भइरहेको श्रेष्ठले बताए।

‘संविधान र लोकतन्त्र रक्षाका लागि फेरि एकजुट हुनुपर्ने अवस्था जरुरी छ। तानाशाही प्रवृत्तिको अन्त्यका लागि हामी सबै होमिनुपर्छ,’ उनले भने।

प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतले संविधानसम्मत फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए। उनले उनले कानुनी र राजनीतिक रुपमा आफूहरू नै आधिकारिक नेकपा रहेको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे।