logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला


अंकुरण खबर
1.248K
Shares

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिट खारेज भएसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।

मंगलबार सर्वोच्च अदालतले पुरानै पाठ्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो ।

रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो । देशभर कतै पुरानो पाठ्यक्रम र कतै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिएको थियो ।

अब भने राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार नयाँ पाठ्यक्रम लागु हुने भएपछि पाठ्यक्रमसम्बन्धी अन्योल हट्ने भएको छ ।

शैक्षिक सत्रको सुरुमा कोरोना महामारीका कारण कक्षा सञ्चालन गर्न नपाएको अवस्थामा पाठ्क्रमको विवाद बल्झिदा विद्यालय सञ्चालक, शिक्षक र विद्यार्थी समेत अन्योलमा पर्दै आएका थिए ।