logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोना खोप अभियानका लागि सरकारद्वारा आर्थिक सहयोगका लागि आह्वान


अंकुरण खबर
3.172K
Shares

सरकारले कोराना भाइरस संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्न दातासँग सहयोग माग गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गरेर आर्थिक सहयोग माग गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचनामार्फत दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई खोप कोषमा योगदान गर्नका लागि आह्वान गरेको हो ।

मन्त्रिपरिषदको कात्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा लक्षित समूहहरुलाई मात्र निःशुल्क खोप दिने उल्लेख गरिएको छ । यसअघि सबैलाई निःशुल्क खोप दिइने जानकारी दिँदै आएको सरकारले सार्वजनिक सूचनामा भने ‘लक्षित सूमहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन’ भन्ने उल्लेख गरेको छ ।

सरकारले कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने जनाएको छ ।

No description available.