नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।
बुधबार छापावाला सुन तोलामा १ सयले बृद्धि भइ प्रतितोला सुन ९२ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको थियो ।
आज तेजावी सुनको मूल्य ९२ हजार ४ सय रहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १२ सय ५० रहेकोमा आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।