logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होटल सञ्चालकसँग घुस लिँदै गर्दा राजश्व कार्यालयका कम्प्युटर अधिकृत पक्राउ


अंकुरण खबर
1.69K
Shares

आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर होटल (रेस्टुरेन्ट) सञ्चालकसँग लिएको ४३ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

काठमाडौंको बनस्थली (ढुङ्गेधारा)स्थित टिमुर किचन रेस्टुरेन्टका सञ्चालक सन्तोष थापा मगरसँग लिएको ४३ हजार रुपैयाँ घुससहित आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले कम्प्युटर अपरेटर शर्मालाई घुस लिँदै गर्दा पक्राउ गरेको जनाएको छ ।

कम्प्युटर अपरेटर शर्मासहित उनलाई घुस दिन रेस्टुरेन्ट सञ्चालक सन्तोष थापा मगरलाई पनि पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।