logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसले नेपाललाई कोरोनाविरुद्धको २ करोड ५० लाख डोज खोप दिने


अंकुरण खबर
845
Shares

रुसले नेपाललाई कोभिड-१९ विरुद्धको स्पुतनिक भी खोपका दुई करोड ५० लाख डोज दिने भएको छ ।

रुसको आरआईए नोभोस्ती समाचार संस्थाले त्यहाँको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै दिएको समाचार अनुसार, रुसले नेपाललाई ठूलो मात्रामा खोप उपलब्ध गराउन लागेको हो ।

केही महिनायता रुसले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ ।

काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको छ ।

केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका थिए ।

नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारी समेत गरेको छ ।