काठमाडौंको भद्रकालीमा बिहानै बस दुर्घटना भएको छ । बा ३ ख ४४३७ नम्बरको चन्द्रगिरी यातायातको सार्वजनिक बस दुर्घटना भएको हो ।
बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी चालक सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बस पल्टिएपछि उक्त रुट प्रभावित बनेको छ । बसलाई त्यहाँबाट हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।