साप्ताहिक कारोबारको अन्तिम दिन आज(शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्यमा पनि समान्य बृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ ।