logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोनाको खोप खरिदका लागि सहयोग गर्न सरकारको आह्वान


अंकुरण खबर
1.131K
Shares

सरकारले कोरोना खोपका लागि सहयोग गर्न आह्वान गरेको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विज्ञप्ति मार्फत खोप कोष सार्वजनिक गर्दै योगदान गर्न आह्वान गरेका हुन।

मन्त्रालयले नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृत प्राप्त भएका खोपको खरिदका लागि राष्ट्रिय खोप कोषमा सञ्चालन गर्नका लागि कोषमा योगदान पुर्‍याउनका लागि आह्वान गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषदको कार्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृति प्राप्त भएका खोपहरूको खरिदलाई प्राथमिकतामा राखेर कोभिड-१९ को खोप लगाउन पहिचान भएका लक्षित वर्ग तोकेर आवश्यक कार्यहरू गरिरहेको समेत मन्त्रालयले जनाएको छ।

‘यसरी निःशुल्क खोप लगाउने अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यथासम्भव सबै विधि र प्रक्रियाहरूलाई अबलम्बन गर्दै अहोरात्र जुटिरहेको छ,’ मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ।