logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधानको हत्या गरेर हामी हाँसेर बस्न सक्दैनौं, तर ओली हाँसेर बसे : प्रचण्ड


अंकुरण खबर
2.535K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्)ले प्रधानमन्त्री केपी शर्मा ओली संविधानको हत्याको आरोप लगाएका छन् ।

प्रचण्डले आइतबार काठमाडौंको बुद्धनगरमा राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद (प्रतिनिधि सभा) विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताए ।

संविधानको हत्या हुँदा आफू हाँसेर बस्न नसक्ने, तर ओली भने हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे । सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि ओली अहिले हाँसेर बसेको प्रचण्डको भनाइ थियो ।

ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको प्रचण्डको आरोप थियो ।