पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ सय जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ ।
आइतबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख १२ हजार ४ सय ५२ पुगेको छ ।