logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्यघट्यो, आज कति छ तोलामा ?


अंकुरण खबर
949
Shares

नेपाली बजारमा सोमबार (आज) पनि सुनको मूल्यमा गिरावट आएको छ ।

आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्यमा भने आज स्थिरता छाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रहेको थियो । भने आजपनि त्यहि मूल्यमा कारोबार भइरहेको छ ।