logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ


अंकुरण खबर
1.859K
Shares

पाँच वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् ।

तिलोत्तमा १३ मा मजदूरी गर्ने कपिलवस्तु वाणगंगाका २८ वर्षका होमबहादुर विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

विकले तिलोत्तमा १५ की पाँच वर्षकी बालिकालाई माघे सङ्क्रान्तिको दिन बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

बालिकाको रुपन्देहीमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याईएको छ ।