logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026

नेपाली सेनाका सिपाहीलाई १६ वर्षमा पेन्सन, अन्तिम निर्णय प्रधानमन्त्रीको हातमा


अंकुरण खबर
2.405K
Shares

नेपाली सेनाका सिपाहीलाई १६ वर्षमा पेन्सन दिलाउने मूख्य हेतुले नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गरेको छ।

आफ्नो कार्यकालको सुरुदेखिनै सिपाहीलाई १६ वर्षमा पेन्सन दिलाउ लागि परेका प्रधानसेनापति पूर्णचन्द्र थापाको पहलमा सैनिक सेवा नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले पठाएको प्रस्तावमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति जनाएको छ ।

१६ वर्षमा पेन्सनको लागि अबको प्रक्रिया
सैनिक सेवा नियमावली २०७७ लाई संशोधनका लागि रक्षा मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लाने छ । रक्षा मन्त्रालयको जिम्मेवारी समेत समालेका प्रधानमन्त्री ओलीले चाहेमा मन्त्रिपरिषद्बाट सैनिक नियमावली संशोधन २०७७ को प्रस्ताव पास गराएमा सो निर्णय राष्ट्रपति कार्यालयमा पठाइने छ । मन्त्रिपरिषद्को सो निर्णयलाई राष्ट्रपति कार्यालयले स्वीकृती प्रदान गरेपछि नेपाल राजपत्रमा प्रकाशित गरिन्छ र १६ वर्षे पेन्सन कार्यान्वयनमा आउनेछ ।

कुन पदको पेन्सन कति अवधिमा ?

सैनिक सेवा नियमावली (तेस्रो संशोधन) २०७७ अनुसार २०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष हुनेछ। त्यस्तै प्युठ, अमलदार तथा हुद्दाको १७ वर्ष, जमदारको १८ वर्ष, प्रमुख सुवेदारको १९ वर्ष र सहायक सेनानी तथा सोभन्दा माथि महारथीको पेन्सन २० वर्ष कायम गरिने छ ।

पहिले १६ वर्षमै पेन्सन पाक्ने भए पनि सरकारले सबै निकायमा सेवा अवधिको उमेर एकरुपता बढाइ २० वर्ष बनाए पछि सेनामा पनि सो निर्णय लागु भएको थियो । पछिल्लो वर्ष सेनामा मात्र नभई नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि पेन्सन अवधि घटाउन माग गरिदै आएको छ ।