नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ ।
हिजो (मंगलबार) नेप्सेमा सामान्य अंकको गिरावट आएको थियो ।
आज नेप्से १५.८७ अंकले बढेर दुई हजार तीन सय ४२ दशमलब ७६ विन्दुमा पुगेको छ भने ६ अर्ब २१ करोड ९ लाखको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बाहेक अन्य समूह बढेका छन् ।
बुधबार नेप्सेमा ६ अर्ब २१ करोड भन्दा बढीको दोस्रो बजारमा शेयर खरिद विक्रि भएको छ ।