logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रम दिउँसो १२ बजे


अंकुरण खबर
1.859K
Shares

कोभिड संक्रमणलाई मध्यनजर गर्दै अमेरिकी निर्वाचित राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा पहिलाको जस्तो भीड नहुने बताइएको छ ।

राष्ट्रपति निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले स्थानीय समयानुसार करिब १२ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । उनीहरूहरूलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले सपथ ग्रहण गराउनेछन् ।

गत जनवरी ६ मा अमेरिकी क्यापिटलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यकर्ताले गरेको हिंसात्मक झडपलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कार्यक्रममा आफू सहभागी नहुने भनेर राष्ट्रपति ट्रम्पले बताइसकेका छन्। ट्रम्पले उनको कार्यकालको अन्तिम दिन बुधबार ट्रम्पले ७३ जनाको सजाय माफ गरेका छन् ।