logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दलहरुको गतिविधिले अदालत प्रभावित नहुने : प्रधानन्यायाधीश


अंकुरण खबर
1.339K
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका छन् ।

संसद विघटन विरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् । रिट निवेदक कञ्चन कृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनस्र्थापना हुँदैन भनिरहेको बताए ।

कार्यपालिका प्रमुखले शक्तिपृथकीकरणको सिद्धान्त विपरीत बोलेको भन्दै न्यौपानेले प्रधानमन्त्रीले अदालतको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहेको बताए । न्यौपानेलाई रोक्दै प्रधानन्यायाधीश जबराले बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ भन्ने प्रश्न गर्दै तपार्इ हुनुहुन्न भने हामी पनि हुन्नौ भनेका थिए ।