माध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्याम्पस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित उपकुलपतिको कार्यालयमा बिहीबार बसेको बैठकमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेको भन्दै क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका हुन् ।
प्राज्ञिक थलोमा उपकुलपति सिंहको व्यबहार आपत्तिजनक भएको भन्दै सामूहिक रुपमा राजीनामा दिएको क्याम्पस प्रमुखहरुले बताएका छन् ।
पछिल्लो समय मध्यपश्चिमाञ्चल विश्वविधालयका विद्यार्थीहरु पनि आन्दोलित छन् । विद्यार्थीको आन्दोलन दबाउन भूमिका नखेलेको भन्दै उपकुलपति सिंहले अश्लील गालीगलौज र अभद्र ब्यबहार गरेको एकजना क्याम्पस प्रमुखले बताए ।
उनका अनुसार राजीनामा दिनेमा व्यवस्थापन संकायका डाइरेक्टर, शिक्षा संकायका प्रमुख, कानुनका डाइरेक्टर, इन्जिनियरिङ, मानबिकी र व्यवस्थापन संकायका क्याम्पस प्रमुख रहेका छन् ।
यसअघि पनि उपकुलपति सिंहको संलग्नतामा विद्यार्थीमाथि कुटपिट भएको थियो ।