काठमाडौं उपत्यकामा आज १९८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा १४६ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ३६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, आज नेपालमा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या लाख ६८ हजार ६४६ जना पुगेको छ ।