logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नेपाललाई पठाएको कोरोना खोप बनाउने कम्पनीमा आगलागी


अंकुरण खबर
2.704K
Shares

कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो ।

आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् । आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

सेरमले भारतमा अक्सफोर्ड-अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ ।

बिहीबार नेपाल आएको १० लाख डोज भ्याक्सिन पनि सेरमले नै बनाएको हो । सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो ।