logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

नेपालमा मानव अधिकारको अवस्थाबारे राष्ट्र संघमा छलफल


अंकुरण खबर
5.681K
Shares

नेपालको मानवअधिकार अवस्थाबारे संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदमा आज छलफल भएको छ ।

छलफलमा नेपालको पछिल्लो पाँच वर्षको मानव अधिकारको अवस्थाबारे छलफल भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

आयोगको स्वायत्तता र स्वतन्त्रता मानव अधिकारको पेरिस सिद्धान्तबमोजिम हुनुपर्नेलगायत आयोगले यसअघि नेपाल सरकारलाई सिफारिस गरेको थियो ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐनको संशोधन, रोम विधानको अनुमोदन, आप्रवासी कामदार सम्बन्धी महासन्धि र बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको महासन्धिहरूको अनुमोदन हुनुपर्ने जस्ता विषयहरूमा विश्व समुदायले चासो राखेको जनाइएको छ ।

आयोगले आफ्ना सिफारिसहरु कार्यान्वयन गर्न सरकारको पुन: ध्यानाकर्षण गराएको छ ।