logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कृषि विकास बैंकले विभिन्न पदमा माग्यो २ सय २६ जना कर्मचारी


अंकुरण खबर
1.014K
Shares

नेपाल सरकारको समेत स्वामित्व रहेका कृषि विकास बैंकले विभिन्न तहमा गरी २ सय २६ जना कर्मचारी माग गरेको छ ।

बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै शुक्रबार सूचना प्रकाशन गरेको छ ।

बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तहको अधिकृत) देखि लेखपालसम्मका कर्मचारी माग गरेको हो ।

बैंकले समावेशीतर्फ महिला, जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी समेत कर्मचारी माग गरेको छ । बैंकले कर्मचारी माग गरेको पदमा अनलाईनमार्फत आवेदन पेश गर्न सकिने छ ।

आवेदकले अनलाइनमार्फत दरखास्त फराम भरी आवेदन गरेपछि परीक्षा दस्तुर बापतको रकम कृषि विकास बैंकको मोबाइल एप, कनेक्ट आईपीएस, ईसेवा, फोनपे वा खल्ती डिजिटल वालेटबाट अनलाइनमार्फत नै भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।