काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ ।
गएराति मंगलटारमा विष्फोट भएको तर बम हो अथवा अरु नै केही हो यकिन नभएको प्रहरीले बताएको छ ।
“के विष्फोट भएको हो र कसले विष्फोट गराएको हो यकिन भएको छैन,” वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले भने, “सडकमा विष्फोट भएको पाइएको छ । ठूलो क्षति भएको छैन । बाँकी हामी अध्ययनन गरिरहेका छौं ।”
विष्फोट भएसँगै बीपी राजमार्गमा सवारी अवरुद्ध भएको छ ।