logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव समूहको बन्दले लुम्बिनीमा आंशिक प्रभाव


अंकुरण खबर
1.014K
Shares

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले शनिबार गरेको बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ ।

विप्लव समूहले केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालगायतका बन्दीमा रहेका नेता कार्यकर्ता रिहाइको माग गर्दै बन्द आह्वान गरेको हो ।

बन्दका कारण यस क्षेत्रमा लामो दुरीका सवारी साधन चलेका छैनन् । जसका कारण यात्रुहरू मर्कामा परेका छन् ।

छोटो दुरीका सवारी साधन भने चलेका छन् । प्रदेशका राजमार्गहरूमा लामो दुरीको गाडी नचलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिबन्धित पार्टीले बन्द आह्वान गरेकाले सडकमा बन्दकर्ता देखिएका छैनन् । लामो दुरीका सवारी साधन नचले पनि बजार भने खुल्ला छन् ।