logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दाङमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते  


अंकुरण खबर
1.742K
Shares

बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका-८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएकी छन् ।

शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको समयमा उनलाई  बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउको गम्भिर चोट लागेको छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ ।