logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु


अंकुरण खबर
1.3K
Shares

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ।

आइतबार दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको नेता बेदुराम भुसालले जानकारी दिए।

उनले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने, शुक्रबारको विरोधसभा बारे समीक्षा गर्ने र आन्दोलनका थप कार्यक्रम तय गर्ने विषयमा छलफल हुने जानकारी दिए।

‘आजको बैठकमा ओलीलाई सोधिएको स्पष्टीकरण, शुक्रबारको विरोधसभा, र आन्दोलनका थप कार्यक्रमा मुख्य एजेन्डा रहेका छन्।

माघ २ गते बसेको नेकपाको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम माघ ५ गते स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, नेताहरु मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालले प्रधानमन्त्री निवास बालुवाटारमा लगेर स्पष्टीकरण पत्र बुझाएका थिए।

तीन दिनभित्र स्पष्टीकरण दिन पत्रमा उल्लेख भएको भए पनि एक हप्ताबित्दा समेत स्पष्टीकरण नआएपछि उनलाई साधारण सदस्यबाटै कारबाही गर्न लागिएको जनाइएको छ ।

त्यस्तै बैठकमा  संगठनका विषयमा पनि छलफल हुनेछ ।