logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लागूऔषधसहित मोरङबाट चारजना पक्राउ


अंकुरण खबर
910
Shares

मोरङबाट लागूऔषधसहित आइतबार चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका-४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई, सोही ठाउँका २४ वर्षीय सिजन भनिने नवराज राई, १९ वर्षीय साजन राई र भोजपुरको साल्पासिलोछो गाउँपालिका-२ का १९ वर्षीय निराज राई रहेका छन् ।

पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ स्थित उनीहरु बस्ने कोठा खान तलासी गर्दा ६३० मिलिग्राम ब्राउनसुगर, ७६ ग्राम गाँजा, बिभिन्न हात हतियारमा लाग्ने ४ थान गोली, एक थान गोलीको खोका लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।