logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कारको अभियोगमा भारतीय युवक पक्राउ


अंकुरण खबर
767
Shares

वीरगञ्ज महानगरपालिका–१ मा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय  युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको पश्चिम चम्पारन जिल्लाका ३४ वर्षीय नेहाल मियाँ रहेका छन् ।

प्रहरीका अनुसार डेरा खोज्दै आएका मियाँ राति वीरगञ्जमै बस्ने भारतीय साथीको डेरामा बास बस‍ेका थिए। मियाँले साथीकै छोरीलाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।

जबरजस्ती करणी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मियाँलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

पक्राउ परेका उनीविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको पाण्डेले बताए।