logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले कीर्ते कागज बनाएर प्रतिनिधिसभा विघटन गरेको नेता भीम रावलको आरोप


अंकुरण खबर
741
Shares

नेकपा दाहाल नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले कीर्ते कागज बनाएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

आइतबार नेकपाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको कीर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको आरोप लगाएका हुन । रावलले ओली सरकार होइन् किर्ते सरकार भएको बताउदै प्रधानमन्त्रीले राष्ट्रपतिलाई पत्र लेख्दा कुनै धारा उल्लेख नगरेको र राजपत्र पनि नक्कली रुपमा पहिलेको मिति राखेर सरकारले किर्ते गरेको दावी गरे ।

रावलले प्रतिनिधिसभा विघटनपछि बहुमत सदस्य रहेको आफ्नो पक्ष नै आधिकारिक भएको बताएका छन् । उनले ‘निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकता सम्बन्धी विवाद समाधान गर्ने बताए ।

नेकपा दाहाल–नेपाल समूहले धनगढीमा माघ १७ गते विरोध सभा गर्ने भएको छ । सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालले सम्बोधन गर्ने बताइएको छ ।