logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल–चीन सिमा स्तम्भहरुको जानकारी सार्वजनिक गर्न माग गर्दै धर्ना


अंकुरण खबर
2.119K
Shares

नेपाल–चीन सिमा स्तम्भहरुको जिपिएस कोर्डिनेट सार्वजनिक गर्नुपर्ने माग राख्दै राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित नापी बिभागमा धर्ना दिएको छ ।

नेपाल–चीन सीमा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट सार्वजनिक नगरिएको भन्दै अभियानले आइतबारदेखि तीन दिनसम्म बिभागमा धर्ना दिने जनाएको छ ।

सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि सार्वजनिक गर्नुपर्ने अभियानको भनाई छ । अभियानले सीमामा सुरक्षाको उचित व्यवस्था गर्न पनि माग गरेको छ ।