logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरूद्ध खोप सुरूमा ६२ अस्पतालबाट सेवा दिइने


अंकुरण खबर
741
Shares

सरकारले माघ १४ गते बुधबारदेखि कोरोनाविरूद्ध खोप लगाउने तयारी गरेको छ  ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएका खोप प्रदेशहरूमा पठाइसकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरूवात गर्नेछन् ।

बुधबार देशभरका ६२ अस्पताल तथा १२० वटा खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउने अभियान सुरूवात हुने मन्त्री त्रिपाठीको भनाइ छ । तर मन्त्रालयले कुन-कुन अस्पतालबाट खोप लगाउने भन्ने विस्तृत खुलाइसकेको छैन।

सरकारले सुरूमा स्वास्थ्यकर्मीलाई खोप लगाइने बताएको छ । मन्त्री त्रिपाठीका अनुसार माघ १८ भित्र सबै जिल्लामा कोरोनाविरूद्ध खोप अभियानको थालनी गरिनेछ ।