logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रहेनन् ‘यो दाजुको मिर्मिरे आँखा’ गीतका सर्जक धनबहादुर गायक


अंकुरण खबर
1.859K
Shares

सारंगी संरक्षणका अभियन्ता, चर्चित गायक एवं शब्द संकलक धनबहादुर गायकको निधन भएको छ ।

छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका ५९ वर्षीय गायकको आज बिहान निधन भएको हो ।

पोखरा १६ निवासी कलाकार गायक स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो ।

उनका यो दाजुको मिर्मिरे आँखा, नरोऊ मायालु, बेली र चमेली, फूल माया नभुल लगायतका सदाबहार चर्चित गीतहरु छन् । उनी पछिल्लो समय युवापुस्तालाई सारंगी सिकाउने अभियानमा जुटेका थिए ।

उनले चलाएको सारंगी पाठशालाले बालबालिकालाई निशुल्क रुपमा सारंगी र मादल लगायत वाद्यवादन सामग्री बजाउन सिकाउदै आएको छ ।