logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-माधव समूहले तत्काल धारणा नबनाउने


अंकुरण खबर
689
Shares

निर्वाचन आयोगले गरेको आइतबारको निर्णयमा नेकपामा प्रचण्ड-माधव समूहले तत्काल कुनै धारणा नबनाउने भएको छ ।

सोमबार पार्टी कार्यालय पेरिस डाँडामा केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको आधिकारिक पत्र आएपछि मात्रै यसबारे पार्टीको धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

‘निर्वाचन आयोगको निर्णयमा आधिकारिकताका लागि पत्रको प्रतीक्षा गरिरहेका छौँ’ श्रेष्ठले भने त्यो आएपछि मात्रै पार्टीको आधिकारिकता धारणा राख्नेछौँ।’

आफ्नो समूह नै आधिकारिक नेकपा रहेको दावी गर्दै श्रेष्ठले निर्वाचन आयोगले निर्णय प्रक्रियालाई लम्ब्याउने जरुरी नभएको बताए ।

‘हाम्रो पार्टी नै आधिकारिक हो भन्नेमा अब कुनै शंका छैन, यसमा द्विविधामा रहनुपर्ने अवस्था पनि छैन’ श्रेष्ठले भने, ‘तर निर्वाचन आयोगले निर्णय प्रक्रिया लम्ब्याउने तथा आशंका गर्नुपर्ने अवस्थामा  पु(याउनु हुन्न, आयोगले चाँडै निर्णय गर्नुपर्छ ।’

आइतबार निर्वाचन आयोगले नेकपा विभाजन नभएको र दुवै समूहले गरेका पछिल्ला निर्णयहरु अवैधानिक रहेको भन्दै निर्णय सुनाएको थियो ।