पछिल्लो २४ घण्टामा नेपालमा ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४ सय १ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ५ सय ३८ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।