logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड र अमेरिकी राजदूतबीच खुमलटारमा भेटवार्ता


अंकुरण खबर
767
Shares

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका छन् ।

सोमबार प्रचण्ड निवास खुमलटार पुगेका राजदूत बेरीले महत्वपूर्ण विषयमा छलफल गरेका हुन् । उनले नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताहरूबारे छलफल गर्नका लागि प्रचण्डसँग भेट गरेको जानकारी दिएका छन् । प्रचण्ड र राजदूत बेरीबीच नेकपा विभाजनबारे पनि गहन छलफल भएको स्रोतले जानकारी दियो ।

राजदूत बेरीले भने, ‘मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनबिरूद्ध लड्ने र विश्वभर महिला र यवतीहरूको अधिकारको उत्थान गर्ने संयुक्त राज्यको प्रतिबद्धता दोहोर्‍याएको छु ।’