logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

काँग्रेसका भातृ संगठनलाई ६ महिने म्याद थपियो


अंकुरण खबर
1.079K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल लगायतका म्याद सकिएका संगठनलाई ६ महिना निरन्तरताका लागि निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि आजै बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी रुपमा तीनदिने आन्दोलन घोषणा गरेको थियो । बैठकले माघ १९ गते देभभर भ्रातृ संस्थाले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

यस्तै २४ गते शुभेच्छुक संस्थाले र ३० गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

समयमा नै अधिवेशन हुन नसक्दा पार्टीका भातृ संगठनहरुमा चरम विवाद रहँदै आएको छ । आज केन्द्रीय समितिको बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका सभापति शेरबहादुर देउवाविरुद्ध नाराजावी भएको थियो ।

पार्टी सभापति देउवालाई प्रधानमन्त्री ओलीसँग मिलेमतो गरेको आरोप लाग्दै आएको छ । देउवाले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगिसकेकाले त्यहाँबाट आउने फैसला आफूलाई मान्य हुने जनाउँदै आएका छन्।