logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउँछौ : प्रधानमन्त्री ओली


अंकुरण खबर
754
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइने बताएका छन् ।

कोरोनाविरुद्ध खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भारतसँग अन्य खोप खरिदका लागि पनि छलफल भएको बताएका हुन् ।

‘हामी खोपमा मात्रै भर पर्नु हुँदैन,’ उनले भने, ‘अत्यधिक भरपर्दो पक्ष भने कोभिडविरुद्धको लडाइँ नै हो ।’ उनले लापरबाही गर्न नहुने स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने बताए ।

‘खोप नहुँदा पनि नियन्त्रणमा गर्दै ल्याएका थियौं,’ उनले भने, ‘लगभग फागुनसम्म नियन्त्रणमा लिन सकिने अनुमान थियो, त्यसलाई यथार्थमा परिणत गर्न हामीसँग खोप नै आइसकेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी विरुद्ध खटिएका कर्मचारी लगायत सबैको प्रशंसा गरेका छन् ।

आयोजित कोभिड-१९ विरुद्धको खोप अभियानको भर्चुअल शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको समेत बताएका छन् ।