नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
नयाँ राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि उनले राजनीतिक भेटवार्ता बढाएका छन् । यसैक्रममा राजदूत बेरीले बुधवार बिहान विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका हुन् ।
नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र अमेरिकाको पछिल्लो राजनीतिक विकासक्रम र आपसी हितका विषयमा कुराकानी भएको विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
बेरीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरवहादुर देउवा र विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।