नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेको हो ।
आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेको छ । मंगलबार प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबारका १२ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।