logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरुद्धको खोप अभियान सुरु भएकोमा हर्षित छु : राष्ट्रपति भण्डारी


अंकुरण खबर
936
Shares

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड खोप लगाउन शुरू भएको डेढ महिनामा नेपालमा खोप अभियान गर्न लागेकोमा हर्षित भएको बताएकी छन् ।

कोभिड महामारीले मानव सभ्यतालाई चुनौती दिइरहेको उनले बताईन् ।

उनले कोभिड महामारीमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी लगायतलाई धन्यवाद दिँदै यस अवस्थामा साथ दिने परिवार र समुदायप्रति पनि उनले आभार व्यक्त गरेकी छन् ।

उनले खोप लगाएपछि पनि मास्कको प्रयोग, सामाजिक दूरी कायम गरी हातको सरसफाइ गर्न समेत अनुरोध गरेकी छन् ।