logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वामदेव गौतमले शुरू गरे नेकपा एकता राष्ट्रिय अभियान


अंकुरण खबर
702
Shares

नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।

बुधबार राजधानीको एक पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी गौतमले अभियान घोषणा गरेका हुन् ।

प्रतिनिधि सभा विघटनको घटनापछि नेकपा दुई चिरामा बाँडिए पनि गौतम कुनै समूहमा सहभागी भएका छैनन् ।

निर्वाचन आयोगले विभाजनलाई वैधता नदिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले छुट्टा–छुट्टै राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् ।

गौतमको अभियानमा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, प्रा.डा. हिराबहादुर महर्जन, प्रा.डा. प्रकाशमान श्रेष्ठ, बाबुराम थापा, तुलसी थापा, रमेश महर्जन, भोजराज भट्टराई, डीबी कार्कीलगायत सहभागी छन् ।