पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ ।
अधिवक्ता धनजीत बस्नेतले बुधबार अवहेलाना मुद्धा दायर गरेका हुन् । चार पूर्व प्रधानन्यायधीशरुले अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्धामा टिप्पणी गरेको आरोप लगाउदै यस्तो मुघा दायर भएको हो । मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको अभियोगमा उल्लेख छ ।
अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसूरदारलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्ने कानुनी व्यवस्था छ ।
चार पूर्व प्रधानन्यायधीशहरुले पुस २४ मा संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने जोड दिएका थिए । मुद्धाको पेशी माघ १५ का लागि तोकिएको छ ।