logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन (फोटो फिचर)


अंकुरण खबर
1.599K
Shares

सरकारले कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णयको बिरोधमा कृषकहरुले राजधानीमा बिरोध प्रदर्शन गरेका छन् ।

किसानसंग संवन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सरकारको वास्तविक किसान मारा यो निर्णय तत्काल खारेज गर्न माग गर्दै बुधबार बानेश्वरमा बिरोध प्रदर्शन गरेका हुन् ।

सरकारले गत पुस ५ गते कृषिमा अधुनिकीकरण र अत्मनिर्भरको लागि भन्दै ५० करोड भन्दा माथिमा कृषिमा हुने वैदेशिक लगानी भित्र्याउने  निर्णय गरेको थियो । कृषिमा ठुलो भोलमका वैदेशिक लगानी भित्र्याउदा साना तथा मझौला कृषि उद्यमीहरु संकटमा पर्ने भएकाले यो निर्णय खारेज गर्न किसानहरुले माग गर्दै आएका छन् ।