logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कृषि विकास बैंक ह्याकिङ प्रकरण : स्याङ्जाबाट ठेकेदार भुसाल पक्राउ


अंकुरण खबर
1.872K
Shares

काठमाडौं –  कृषि विकास बैंक ह्याकिङ प्रकरणमा स्याङ्जाबाट एकजना निर्माण व्यवसायी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार दिउँसो स्थानीय निर्माण व्यावसायी रामकृष्ण भुसाललाई वालिङबाट पक्राउ गरेको हो ।

कृषि विकास बैंकबाट ह्याक गरेर निकालिएको मध्ये ६५ लाख रुपैयाँ भुसालको खातामा ट्रान्सफर भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले पुष्टि गरेका छ ।

प्रहरीले ह्याक गरेर निकालिएको रकम सारिएका भएका खाताको विवरण अध्ययन गरेर भुसाललाई पक्राउ गरेको हो । पक्राउ परेका भुसाल स्याङ्जाको प्रतीक्षा निर्माण सेवा कम्पनीका मालिक हुन् ।