logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल-नेपाल समूहद्वारा माइतीघरमा धर्ना


अंकुरण खबर
780
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् ।

नेकपा प्रचण्ड-माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमन तर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताइन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाई छ ।

नेकपा प्रचण्ड-माधव पक्षले प्रतिनिधि सभा विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबारदेखि शुरु भएको यस धर्ना शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।